काठमाडौं । काठमाडौं महानगरपालिकाले ८ वटा शीर्षकमा पूर्व राजा ज्ञानेन्द्रलाई जरिवाना गरेको छ ।
काठमाडौँको तीनकुने क्षेत्रमा लगायतका स्थानमा भएको प्रर्दशनबाट भएको क्षति अनुसारको जरिवानाको लागि निर्मल निवासमा पत्र पठाएको होे ।
महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको पाइएको छ । महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकिएको छ ।
पत्र अनजुसार महानगरको दमकल फुटाएकोमा १ लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ । कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख जरिवाना तोकिएको छ । तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ तोकिएको छ ।
जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड गरेकोमा ४० हजार रुपैयाँ तोकिएको छ । तीनकुनेको आइल्याण्डमा तोडफोडमा २३ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।