फोहोर व्यवस्थापनको लागि महानगरले टेण्डर गर्न पाउने

काठमाडौं । काठमाडौं महागनरपालिकाले फोहोरमैला संकलन र ढुवानी सम्बन्धी बोलपत्र गर्न पाउने भएको छ ।
फोहरमैला संकलन र ढुवानी सम्बन्धी बोलपत्रको प्रक्रियामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको उच्च अदालत पाटनले बताएको हो ।

जस अनुसार काठमाडौँ महानगरपालिकाले फोहोर संकलन र ढुवानीका लागि क्षेत्रगत रुपमा आव्हान गरेको बोलपत्रको प्रक्रिया नरोकिने भएको छ । महानगरपालिकालाई ६ वटा क्षेत्र (क्लष्टर) मा बाँडेर योग्यता पुगेका निजी कम्पनी तथा फर्महरुलाई प्रस्ताव पेश गर्न सूचना प्रकाशन गरेको थियो ।

यो सूचनाका विरुद्ध नेपवेष्ट प्रालिले उच्च अदालत पाटनमा बोलपत्र प्रक्रिया अगाडि नवढाउन अन्तरिम आदेश माग गरेर रिट पेश गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स