तनहुँको आन्तरिक राजस्व कार्यालयद्वारा ८ अर्ब ३१ करोड राजस्व असुली

डुम्रे (तनहुँ) । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।
कार्यालयलाई आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले चालु आवमा १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ ।
तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् ।  यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।
पम्पसहितको पानी ट्यांकी निर्माण
डिभिजन वन कार्यालयले आगलागीका बेला प्रयोग गर्न तीन लाख ८५ हजार लागतमा चार हजार दुई सय लिटर क्षमताको पम्पसहितको पानी ट्यांकी निर्माण गरेको छ ।
सुक्खायाममा आगलागीका घटना हुने भएकाले पूर्वतयारीस्वरुप पानी ट्यांकीको व्यवस्था गरिएको वन अधिकृत शरद्कुमार अधिकारीले बताए ।

प्रतिक्रिया

हेडलाइन्स