मेरै माया हुन्

आकासमा चम्किने टहटह जून
घर्तीभरि टल्किने मेरै माया हुन्।
(मेरै माया हुन् हजूर मेरै माया हुन्,)२
अप्सरालाई माथ गर्ने अरु होला कुन।)

 

जून एक्लै के सुहाउथ्यो नभई दिए तारा
मुस्कान मीठो मायालुको मोहित हुने सारा
कोमल मन चञ्चल वानी अरू हुन्थ्यो कुन
जून जस्तै शितल दिने मेरै माया हुन्।।
(मेरै माया हुन् हजूर……….)२

 

माया हाँस्दा जून पनि यसै लजाई दिने
उनी नै हुन् फूल बनी जीवन सजाई दिने
छमछम माया हिड्दा बन्ने मधूर धुन
फूलभन्दा कोमल मनकी मेरै माया हुन्।।
(मेरै माया हुन् हजूर……….)२

प्रतिक्रिया

हेडलाइन्स