जिन्दगीलाई सोध्न हुन्थ्यो

जिन्दगीलाई सोध्न हुन्थ्यो भेट्या छैन मैले
थाहै नदिई बद्लियो आफै आफै कहिले।।

भन्नु पर्दथ्यो कहाँनेर कोल्टो फेर्ने होला
भोग्नुपर्ने के के थियो कस्तो कस्तो चोला
जिन्दगीले भन्या भए फेर्थें होला बानी
कर्म लेख्न सक्थें कि त मनैदेखि तानी।।
जिन्दगीलाई सोध्न हुन्थ्यो……….

हतार हतार राम्रा काम सकेजति गर्थें
अजर अमर हुने काममा अघि अघि सर्थें
सुख खोज्दै खुशी हुने जीवन मैले रोज्थेँ
जन्मनुको औचित्य नि के हो भनी खोज्थेँ।।
जिन्दगीलाई सोध्न हुन्थ्यो……….

 

प्रतिक्रिया

हेडलाइन्स