विछोडको रोग लागे उपचारै हुन्न
हृदयमै घाउ लागे ओखतीले छुन्न।
मलम लाउने एउटा थियो छोडेर पो गयो
पीडा भोगी यो जिन्दगी एक्लैएक्लै रोयो।।
कहाँ दुख्छ भित्री दिल हेर्न नसकिने
लुकाउन खोज्दा पनि आँसु नछेकिने।
मन-मुटुमै वेदनाले जमाएछि वास
डर पनि लाग्न थाल्यो रोकिन्छ कि सास।।
विछोडको रोग लागे……….
याद मात्रै बाँकी रहे खुशी सबै गए
बाचा बन्धन जति सबै स्मृति पो भए।
जिन्दगीका सुखद् पल बगे आँसु बनी
मुटुभित्र घाउ बोकी हिडेकै छु म नि।।
विछोडको रोग लागे……….