फूल भनूँ त मायालाई ओइली जाने हो कि
रङ्ग भनूँ मायालाई खुइली जाने हो कि
मन भनूँ त मायालाई चिन्न नसकिने
धन भनूँ त मायालाई किन्न नसकिने।।
माया नै हो संसारमा सबैले नि खोज्ने
कुनै वेला पीडा हुने कुनै वेला पुज्ने
रूप भनूँ त मायालाई ढल्की जाने हो कि
धूप भनूँ त मायालाई सल्की जाने हो कि।।
सम्बन्ध कि समर्पण कसरी हो बुझ्ने
त्याग हो कि स्वार्थ माया मन मुटु चुड्ने
गुण भनूँ त मायालाई भाग माग्ने हो कि
जून भनूँ त मायालाई दाग लाग्ने हो कि।।