सुख दु:ख भोग्नुपर्ने कथा हुन्छ जिन्दगीको
आशै आशमा यो जिन्दगी धेरै पटक बन्दगी भो।।
अधुरा ती सपनासँग साटेको छु रहरहरू
पीडा दिने घाउसँगै पिएको छु जहरहरू।
आफ्नो भन्दै छुरा रोप्ने धेरै धेरै भेटेको छु
मनभित्रका इच्छाहरू त्यसै त्यसै मेटेको छु।।
सुख दु:ख भोग्नुपर्ने………….
जता गयो त्यतैतिर कर्म अघि लागेपछि
सुखसयल टाढैबाट डाँडा काटी भागेपछि।
हाँसोसँग रोदन मैले खुशीसाथ साटेको छु
पीडा ओढी आशा बेची पूरै जुनी काटेको छु।।
सुख दु:ख भोग्नुपर्ने………….