खुशीहरू साट्ने मान्छे दु:ख पर्दा आइनौ
सकिनौ कि दु:ख हेर्न कि खबरै पाइनौ!
यात्राभरि अनेक काँडा कति लागे ठेस
स्वार्थी मनलाई बोक्नुभन्दा छुट्टिएकै बेस।
सधैँ साथमा हुन्छु भन्थ्यौ एक्लै हिँडें आइनौ
यात्रा यहीँ टुङ्ग्यायौ कि हिडेको चाल पाइनौ।।
खुशीहरू साट्ने मान्छे………..
सहज हुन्छ खुशी साट्न दु:ख साट्न गार्हो
मन परेको मान्छे छुट्दा पीडा भने सार्हो।
एक्लै हिँडें कठीन यात्रा साथ दिन आइनौ
विर्से जस्तो लाग्यो तिम्ले कि त थाहा पाइनौ।।
खुशीहरू साट्ने मान्छे………
सुन्दर सर ! अहिले कस्तोछ?