लगानीको वातावरण बनाउन हाम्रोअर्थको भूमिका रहनु पर्छः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरण बनाउन हाम्रोअर्थको भूमिका रहनु पर्ने बताएका छन् ।

हाम्रोअर्थ डटकमले आर्थिक समाचार प्रधान यस अनलाइनले समाचार, लेख रचना र विचारमार्फत उद्योग व्यवसाय, अर्थतन्त्रका विषयलाई जनसमुदायसम्म पुर्याउन अहम भूमिका खेलेको बताएका हुन् ।

हाम्रोअर्थ डटकम चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शूभकामना दिँदै अध्यक्ष ढकालले उद्योग व्यवसाय र पत्रकारिता एकअर्काका परिपूरक भएको बताउँदै उद्योग व्यवसाय फस्टाउन सक्यो भनेमात्र पत्रकारिता क्षेत्र पनि फस्टाउने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको शुभकामना सन्देश

परिसूचक मिडिया प्रा. लि. को हाम्रो वर्थ डटकम अनलाइन समाचार स्थापनाको चौथो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले अनलाईनमार्फत समाचार सम्प्रेषण गरी पुर्याएको सेवाको म प्रशंसा गर्दछु । परिसूचक मिडिया प्रा. लि.लाई बधाई दिन चाहन्छु, शुभ–कामना दिन चाहन्छु ।

विशेषगरी आर्थिक समाचार प्रधान यस अनलाइनले समाचार, लेख रचना र विचारमार्फत उद्योग व्यवसाय, अर्थतन्त्रका विषयलाई आम जनसमुदायसम्म पुर्याउने कार्यमा ठूलो सहयोग पुर्याएको छ ।

उद्योग व्यवसाय र पत्रकारिता एकअर्काका परिपूरक हुन । उद्योग व्यवसाय फस्टाउन सक्यो भनेमात्र पत्रकारिता क्षेत्र पनि फस्टाउने हाम्रो विश्वास छ । मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने, लगानी आकर्षण गर्ने, लगानीको वातावरण बनाउने र उद्यमी व्यवसायीका समस्या समाधानमा पनि अग्रभागमा रहेर सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा निजी क्षेत्रले सदैव संचार माध्यमबाट गरेको हुन्छ । परिसूचक मिडिया प्रा. लि. बाट प्राप्त सहयोगको सहाना गर्दछु ।

अन्त्यमा परिसूचक मिडिया प्रा. लि.ले आगामी दिनमा पनि उत्कृष्ट सेवा दिँदै जाने विश्वासका साथ तपाईंहरूको वार्षिकोत्सवको पूर्ण सफलताको लागि हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स