नागरिक लगानी कोषको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद गरि कुल १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल सरकार, अर्थमन्त्रालयबाट स्वीकृति भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई २६.३२ प्रतिशत (करसहित० लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स