काठमाडौं । काठमाडौं उपत्यकामा एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि शुक्रबारसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
आइतबारदेखि जोरपाटी, कीर्तिपुर र कुलेश्वर वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने जनाएको छ ।
उक्त कार्य सुरु हुने दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।