बंगलादेशको आईएफआईसी बैंकले नबिल बैंकको सेयर बिक्री नगर्ने

काठमाडौं । बंगलादेशको ‘इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स बैंक लिमिटेड (आइएफआइसी बैंक) ले नबिल बैंकमा आफ्नो नाममा कायम संस्थापक सेयर बिक्री नगर्ने भएको छ ।

आइफआइसी बैंकले आफ्नो नाममा तत्काल कायम रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर तथा उक्त सेयरबाट आर्जित बोनस सेयरसहित सम्पूर्ण सेयर बिक्रीका लागि २०७९ मंसिर १५ गते प्रक्रिया अघि बढाएको थियो ।

बैंकले सेयर खरिदबिक्री प्रक्रिया स्थगित गरी नबिल बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने निर्णय गरेको नबिल बैंकद्वारा जारी सूचनामा उल्लेख छ । आइसीएफसीले सेयर बिक्रीको निवेदन फिर्ता लिएको र खरिद प्रस्ताव पेश गर्ने संस्थापक सेयरधनीले समेत निवेदन फिर्ता लिई प्रक्रियाबाट बाहिरिएको बैंकले जानकारी गराएको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स