बजेटको तथ्यांक : १० राम्रा र नराम्रा पक्षहरु

काठमाडौं । आगामी आर्थिक वर्षको लागि अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १९ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको छ ।

सरकारले ल्याएको सो बजेटमध्ये ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत चालु खर्च हो भने ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४प्रतिशत) पुँजीगत खर्च र ३ खर्ब ६७ अर्ब १७ करोड अर्थात १९.७४ प्रतिशत) वित्तीय व्यवस्थातर्फको खर्च हो ।

त्यसको स्रोतमा सरकारले १२ खर्ब ६० अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने बताएको छ । अन्य रकम अनुदान र अन्तरिक तथा बाह्य ऋणबाट उठाउने बताइएको छ ।

बजेटले धेरै अपेक्षा नगरेको र आगामाी आर्थिक पनि अहिलेको अवस्थाबाट गु्ज्रने संकेत दिएका छ ।
बजेटमा केहि राम्रा तथा नराम्रा पक्षहरु देखिएका छन् ।

बजेटको १० राम्रो पक्ष
१.ऊधारो सम्बन्धी क़ानून बनाउने।
२.आगामी वर्षलाई आर्थिक सुधार वर्ष को घोषणा गरिएको ।
३.आर्थिक सुधार सुझाव आयोग गठन को घोषणा गरिएको ।
४.गाँजा को व्यवसायीक खेती को व्यवस्था गरिएको ।
५. निजी क्षेत्रको मनोबल बढ़ाउने नीति लिइएको ।
६.करार खेती को व्यवस्था गरिएको ।
७.स्टार्टअप बोर्ड को गठन गरिने र टार्टअप कोष १अर्बको कोष गठन भएको ।
८.आलू प्याज़ बाट भ्याट हटाइएको छ ।
९.कचा पदार्थ र तैयारी वस्तुको दरबंदी मा १ तह को फ़रक गरिएको ।
१०.आर्थिक वृद्धि दर ६ प्रतिशत हुने अनुमान गरिएको ।

१० नराम्रा पक्षहरु
१. वैदेशिक रोजगारीमा जानेलाई ऋण ।
२. करको दायरा खोज्न नसकेको ।
३. स्पन्ज आइरनको कर बढाइएको ।
४. प्रधानमन्त्री छोरी कार्यक्रम देखाउनको लागिमात्रै ल्याएको छ ।
५. प्रधानमन्त्रीको श्रीमतीको नाममा अस्पताल बनाउने घोषणा भएको ।
६. १ प्रतिशतको हरित कर थप
७. रुपान्तरणकारी परियोजना कल्पना गर्न नसक्नु
८.अयोग्य लडाकुका ८० करोडको शान्ति कोष
९. रुग्ण उद्योग संचालनगर्ने अपुरो योजना
१०. आन्तरिक ऋण सीमा भन्दा बढाउने डर

प्रतिक्रिया

हेडलाइन्स