बैक तथा वित्तीय सस्थासहित सेयर बजार र सरकारी कार्यालय बन्द हुने

काठमाडौं । आज बैंक तथा वित्तीय संस्थासहित सेयर बजार र सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने छ । सरकारले गणतन्त्र दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण आज सेवा प्रदायक सस्था बन्द रहने भएको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए ।

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

भोलि बुधबारबाट आज बन्द भएका सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।

 

प्रतिक्रिया

हेडलाइन्स