जनार्दन शर्माले ल्याएको ३ अर्ब ४५ करोडको कार्यक्रम २ वर्ष पछि कार्यान्वयन हुँदै

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री हुँदा ल्याएको कार्यक्रम अब कार्यन्वयनको चरणमा प्रवेश गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत आएको ‘आफ्नै उत्पादन आफ्नै उपभोग अभियान’ कार्यकम्र अब कार्यन्वयनको चरणमा प्रवेश गरेको हो ।

यो कार्यक्रम कार्यन्वयनको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि हालै निर्माण गरेको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार कार्यविधि तयार भैसकको छ । अब कार्यक्रम कार्यन्वयनको चरणहरु अघि बढ्ने छ ।

तत्कालिन अर्थमन्त्री शर्माले स्वदेशी उत्पादन बढाउने, उक्त उत्पादन स्वदेशमै खपत गर्ने र निर्यातमा जोड दिने भन्दै यस कार्यक्रम सार्वजनिक गरेका थिए ।

२ वर्ष अघि ल्याएको बजेटमा यो कार्यक्रम दश वर्षे भन्ने उल्लेख गरेको थियो । १० वर्षे उक्त कार्यक्रमका लागि ३ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन समेत भएको थियो । तर अहिले सम्म कार्यन्वनयमा आउन सकेको थिएन ।
अब भने कार्यविधि बनेर कार्यन्वयनमा चरणमा प्रवशे गर्न लागेको छ ।

के छ कार्यविधिमा कसरी कार्यन्वनय हुन्छ ?
तत्कालिन बजेटमा स्वदेशी उद्योगको मेसिनरी आयातमा छुट र सहजीकरण गरिने उल्लेख थियो । नव प्रवद्र्धनात्मक उद्यमीलाई प्रोत्साहन र निर्यातमा अनुदान बृद्धि यही प्याकेजमा रोखने समेत उल्लेख थिया े।

सोहि अनुसार अहिले बनेको कार्यविधिमा पनि नव प्रवद्र्धनात्मक उद्यमीलाई कर्जामा ब्याज अनुदान दिने गरि कार्यविधि निर्माण भएको छ ।

कार्यविधिमा २० करोसम्म स्थिर पुँजी भएका मझौला उद्योगहरुको प्रस्ताव माग गर्ने उल्लेख छ ।
ती उद्योगीलाई कर्जा प्रदान गर्ने र ५ प्रतिशतसम्म ब्याज अनुदान दिने उल्लेख गरिएको छ । तर महिला संचालक रहेको खण्डमा भने ६ प्रतिशत अनुदान दिने बताइएको छ ।

प्रतिक्रिया

हेडलाइन्स