कृषि विकास बैंकद्वारा ग्लोबल मनि वीकको अवसरमा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रमा संचालन

काठमाडौं । कृषि विकास बैंकले ग्लोबल मनि वीक २०२४ को अवसरमा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ । बैंकले मार्च १८ देखि २४ सम्मलाई प्रोटेक्ट योर मनि सेक्योर योर फ्यूचर भन्ने नारा सहित ग्लोबल मनि वीक २०२४ को रुपमा बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको हो ।

यसै सन्दर्भमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ .स्वयम उपस्थित भई बैंकको कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक विद्यालय, हरिनगरमा फागुन ६ गते वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको थियो ।

विद्यालयका एघार र बाह्र कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरता कार्यक्रममा, वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिङ सेवा, क्रिप्टो करेन्सी, क्यास लेस पेपर लेस सेवाहरु, बेलैमा बचत गर्ने बानीको विकास,कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी गराएका थिए ।

साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका,आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पारे । साथै उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले हरिनगरा क्षेत्रका कर्जा ग्राहकहरुसँग कृषि बिकास बैंकले प्रदान गर्दे आएको सेवा सम्वन्धमा जानकारी समेत लिएका थिए ।

साथै बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञ प्रकाश न्यौपाने, दीर्ध बहादुर अर्याल र प्रेम कुमार श्रेष्ठको उपस्थितिमा बैंकका प्रदेश कार्यलयहरुले चैत्र ५ देखि ११ गतेसम्म सामुदायिक विद्यालय लगायत विभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रमबाट करिव ५६०० छात्र छात्रा लाभान्वयित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स