माघ मसान्तसम्म बैंकहरूले छुट्याए ऋण सुरक्षणमा ४६ अर्ब ५० करोड रुपैयाँ

काठमाडौं । देशमा सञ्चालित वाणिज्य बैंकहरूले चालु आवको सात महिनामा ऋण सुरक्षणको लागि ४६ अर्ब ५० करोड रुपैयाँ छुट्याएका छन् । गत आवको यसै अवधिमा वाणिज्य बैंकहरूले यस्तो लोन प्रोभिजनका लागि २९ अर्ब ५२ करोड रुपैयाँ लोन प्रोभिजिङको लागि छुट्याएका थिए । गत आवको समीक्षा अवधिमा वाणिज्य बैंकहरूको प्रोभिजन चालु आवको यो अवधिमा ५७.५२ प्रतिशतले बढि हो ।

चालु आवको सात महिना (साउनदेखि माघ) मसान्तसम्म सबैं भन्दा बढि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लोनका प्रोभिजन गरेको छ । दोस्रो नम्बरमा बढि लोन प्रोभिजन गर्ने कुमारी बैंक रहेको छ भने तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक र चौर्थौ नम्बरमा लक्ष्मी बैंक रहेका छन् । समीक्षा अवधिमा अन्य बैंकको तुलनामा स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल बैंकले लोन प्रोभिजन भने कम रहेको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार असल कर्जामा १.२५ प्रतिशत प्रोभिजिङ गर्नुपर्ने हुन्छ भने वाचलिष्टमा रहेको कर्जा सुरक्षणको लाििग बैंकले ५ प्रतिशत प्रोभिजिङ गर्नुपर्ने हुन्छ । पुर्नतालिकीकरण र पुर्नसंरचना भएका कर्जाको लागि १२.५ प्रतिशत प्रोभिजिङ गर्नुपर्छ भने सवस्ट्याण्र्डड कर्जाको लागि २५ प्रतिशत, डिलल्टर कर्जाको लागि ५० प्रतिशत र खराब कर्जाको लागि १०० प्रतिशत नै कर्जा सुरणरको लागि बैंकहरूले रकम छुट्याउनु पर्ने व्यवस्था छ ।

कुन बैंकले कति गरे प्रोभिजिङ ?
सानउनदेखि माघ मसान्तसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९ अर्ब १७ करोड रुपैयाँ लोन प्रोभिजन गरेको छ । गत आवको सोहि अवधिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँको लोन प्रोभिजन गरेको थियो ।

कुमारी बैंकले यस अवधिमा ५ अर्ब ४९ करोड रुपैयाँको लोन प्रोभिजन गरेको छ । बैंकले गत आवको यसै अवधिमा ६ अर्ब ५३ करोड रुपैयाँको लोन प्रोभिजन गरेको थियो । बैंकले गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको यस समीक्षा अवधिमा कम लोन प्रोभिजन गरेको हो ।

त्यसै गरी समीक्षा अवधिमा तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंकले ४ अर्ब २ करोड रुपैयाँको लोन प्रोभिजन गरेको छ भने चौर्थौ नम्बरमा लक्ष्मी बैंकले ३ अर्ब ६९ करोड रुपैयाँको लोन प्रोभिजन गरेको छ ।

साउनदेखि माघ मसान्तसम्म नेपाल बैंकले २ अर्ब ५२ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ९२ करोड, एनएमबी बैंकले २ अर्ब २८ करोड, हिमालयन बैंकले २ अर्ब २ करोड, नेपाल एसबी आई बैंकले २ अर्ब २४ करोड, सिद्धार्थ बैंकले १ अर्ब १९ करोड रुपैयाँको लोन प्रोभिजन गरेका छन् ।

त्यसैगरी कृषि विकास बैंकले १ अर्ब ६१ करोड, प्रभु बैंकले १ अर्ब ४० करोड, सानिमा बैंकले १ अर्ब २० करोड, सिटिजन्स बैंकले ९४ करोड, नबिल बैंकले ३ अर्ब २ करोड, एभरेष्ट बैंकले ४३ करोड, एनआईसी एसिया बैंकले ७६ करोड रुपैयाँ लोन प्रोभिजन गरेका छन् भने माछापुच्छ्रे बैंकले ४९ करोड रुपैयाँको लोन प्रोभिजन गरेको छ ।

प्रतिक्रिया

हेडलाइन्स