आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तारागाउँ रिजेन्सीको नाफा ७१ प्रतिशत बढ्यो, ईपीएस कति ?

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७१.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै होटलको खुद नाफा बढेको हो। पुष मसान्तसम्म होटलको सञ्चालन आम्दानी २०.२१ प्रतिशत बढेको छ भने अन्य आम्दानी १८.७६ प्रतिशत घटेको छ।

त्यसैगरी, होटलको कुल आम्दानी चालु आवको पुष मसान्तसम्म १४.४० प्रतिशत बढेको छ। नाफासँगै होटलको प्रतिसेयर आम्दानी पनि बढेको छ।

यो अवधिमा होटलको यस्तो आम्दानी ८ रुपैयाँ बढेर १९ रुपैयाँ २५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा होटलको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.७८ गुणा रहेको छ।

प्रतिक्रिया

हेडलाइन्स