शैलुङमा करिब ६० प्रतिशत आलु रोपेर सकियो, पानी र हिउँ नपर्दा चिसोले काम गर्न कठिन

काठमाडौं । दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नं. ८  मा करिब ६० प्रतिशत आलु लगाइसकेका छन् । मिठो स्वादका कारण धेरैको रोजाइमा परेको शैलुङको आलु अन्य आलु भन्दा केहि महँगो समेत हुने गरेको छ । शैलुङका किसानहरूले बाटो र समयमा आलुले बजार नपाउँदा यहाँ उत्पादन भएको आलु लगायत अन्य खाद्यन्न बाली र तरकारी बिक्री गर्न समस्या खेप्दै आएका छन् ।

ढालबहादुर श्रेष्ठ भन्छन्, ‘१५ मुरी  (करिब ५० हजार रुपैयाँ)को आलु रोपिसक्यौं । यो वर्ष आलु राम्रोसँग फलेन, एक दुई लाख रुपैयाँको जति बिक्री गरे । अहिले पनि बिक्री हुदैं छ बिउको आलु, एक केजीको ६० रुपैयाँमा बेच्छौं । पहिलेको तुलनामा यो वर्षमा एकै चोटी आलुको मूल्य बढेको थियो त्यो समयमा बेच्न सकिएन ।

‘आलुको मूल्य घटेपछि ठेकेदारहरूले आलु त बिक्री गर्न काठमाडौं लग्यो तर उनीहरूले पैसा आएन भन्छन् । ठेकेदारहरूले पैसा नपाए पछि हामीले पनि समयमा पैसा पाउन सकिएन ।’ श्रेष्ठ भन्छन् यो वर्ष आलु लगाउने समयमा मल सहजै पाएका छौं । आलु लगाउँदा प्रयोग हुने डिएपी मल ५० केजीको  २८ सय र युरिया मल बोरोको १ हजार ४ सय तिरेर ल्याएको छु । यहाँ दुई किसिमको आलु उत्पादन हुन्छ एक थरी बिटिसि र अर्को गोलो रोजिटा आलु लगाउँदै आएका छौं ।

बिटिसि आलु भनेको रातो हुन्छ र यो बढि काठमाडौंको ठूला ठूला होटलहरूमा चिप्स बनाउन बिक्री हुन्छ । यो आलुको बिऊ कहाँबाट आएको हो भन्नी थाहाँ छैन् । यो आलु ५ रुपैयाँ बढि मूल्यमा बिक्री हुन्छ । यो समय आलु लगाउने समय भएको हुनाले काम गर्ने मान्छे पाउन गाह्रो छ । बिहानदेखि काम गर्न लगाउदा ज्याला दिनको ७०० रुपैयाँ लाग्छ ।

१० देखि ५ बजेसम्म काम गर्न ५०० रुपैयाँ दिनु पर्छ । तर हामीले पालैपाले (पर्म) आज एक जनाको भोलि अर्कोको गरेर आलु लगाउदै आएका छौं। श्रेष्ठ भन्छन् ‘माघ महिना सुरु भएदेखि बढि टुसार परेकोले गर्दा बढि चिसो छ । तर पनि पहिल्येको जस्तो जाडो त छैन् खेतीपाती लगाउन सजह नै भएको छ ।’

श्रेष्ठ भन्छन्, ‘हामीलाई कृषि गर्नलाई सरकारले कुनै पनि सहयोग गरेको छैन् । अघिल्लो वर्ष एउटा कृषि समूह बनेको थियो, त्यहाँ सहयोगभन्दा पनि अनुदान पाएको थियो । आलुपकेट भन्ने जम्लेपानी कृषि फर्म दाता गरेको थियो त्यहाँ बाट करिब ११ लाख रुपैयाँ अनुदान पाएको हो । गत वर्ष ६ लाख रुपैयाँ पाउनु पर्ने तर ४ लाख ९७ हजार रुपैयाँ मात्रै दियो । यो अनुदानमा आएको रकम समूहमा २७ जना सदस्या बनेका छौ हामी सबैले लिएको हो ।

श्रेष्ठले भने, ‘हामीले जम्लेपानि कृषि फर्म दर्ता गर्न धेरै खर्च गर्यौं । प्यान नम्बर दर्तादेखि विभिन्न कुरामा आफ्नो व्यक्तिगत खर्च भएको छ । हामीले एक जना व्यक्ति बराबर महिनाको ५०० रुपैयाँ बचत गर्ने नियम बनाएको छौं, त्यो चलिरहेको छ । हामीले बचत गरेको पैसाले यो भन्दा दुई वर्ष अगाडी तिन वटा ट्यक्टर, तरकारीमा औषधी प्रयोग गर्ने स्प्रेय, लगायत कृषिमा प्रयोग हुने औजारहरू खरिद गरेर सबैले बाड्ने गरेका छौं ।’

तिन वर्ष अगाडि आलुमा पनि रोग आएर खतम भयो । आलुको हरियो बोट मै हरियो किरा लागेर एक हप्तामै सबै सखाप भयो । त्यो बेलमा आलु व्यापार राम्रो भएन । दुई लाख रुपैयाँको बिक्री गर्नु पर्ने एक लाख रुपैयाँको मात्र बिक्री गर्यौं । अहिल्ये त्यस्तो समस्या आएको छैन् ।

बिचौलियाले गर्दा उत्पादन भएको तरकारीको मूल्य समयमा पाउन सकिदैन् । काठमाडौंमा प्रति केजी १०० रुपैंयाँमा काउली बिक्री हुँदा गाउँमा २० देखि ३० रुपैयाँमा दिदा पनि भनेको बेलामा पैसा नपाएको श्रेष्ठले गुनासो गरे ।

अर्को किसान अजुन लकाइ भन्छन्, ५/ ६ (मुरी) करिब २४ हजारको आलु रोपिसके । उनी भन्छन्, रोप्न भनेर राखेको आलुको बिउ सबै किराले सखाप पारिदियो । आलुको बिउमा सेतो पुतली, जोतुवा किरा लागरे सबै आलुको बिउ खाइदियो । त्यसैले गाउँघरमा आलुको बिउ किनेर लगाएको उनले गुनासो गरे ।

चन्द्र बहादुर श्रेष्ठ भन्छन्, ‘अहिले  करिब २०/३० हजार रुपैयाँको आलु रोपिसक्यौं । अझै  १०/१२ हजारको आलु लगाउन बाँकी छ । यो वर्ष आलुले बजार नपाए पनि करिब एक डेढ लाख रुपैयाँको आलु बिक्री गरे । ३० रुपैयाँ केजीमा बिक्री गरेको सुरुमा पछि बढि मूल्य पाइन्छ कि भनेर राखेको भनेको जस्तो मूल्य पाएन । अहिले लगाएको आलु राम्रोसँग फल्यो र समयमा बिक्री गर्न सकियो भने तिन लाख रुपैयाँको बिक्री गर्ने अपेक्षा राखेको छु । आलु खनेपछि खाली भएको बारीमा  बन्दा, काउली लगाउने र बाख्राको लागि जैंई घाँस लगाउँछु ।’ ५५ वर्ष भएका चन्द्र श्रेष्ठ भन्छन् कहिल्ये कही काठमाडौं गएर पसलमा काम गर्छु । पसलको काम गरेर दुई चार पैसा कमाएर आउँछु । अनि आफ्नै माटोमा खेती कमै लगाउँछु ।

अर्को किसान लाल बहादुर श्रेष्ठ भन्छन्, १५ रोपनीमा जग्गनमा २० (मुरी)  आलु रोपी सकियो, अझै १५ मुरी आलु रोप्न बाँकी छ । यति बेला चिसो बढेको छ । पानी हिँउ परेको छैन् । भनेको बेलामा कामदर पाइँदैन् । बूढाबूढीले मात्रा सकिदैन अलि अलि गरेर रोप्दै छु । दुई जनाले फागुन महिना भरी आलु रोप्छौ ।

समयमा आलु बिक्री गर्न सकिन । तर, पनि दुई लाख रुपैयाँको त बिक्री भयो, अहिले मान्छेहरू आलु खोज्न आउँछन् आज पनि बेचे ४ हजारको । आलु भयो भने काठमाडौं नै लानु पदैन गाउँमा पनि किन्न आउँछन् । यो वर्ष समयले साथ दियो राम्रो फल्यो भनी बेलामा बिक्री गर्न सके तीन लाख रुपैयाँको व्यापार गर्ने बताए ।

चन्द्रमाया श्रेष्ठ भन्छिन्  ‘ १४ मुरी आलु लगाएको छु । अझै रोप्न बाँकी नै छ ।’ उनले ५० केजीको तिन बोरा डिएपी र एक बोरा युरिया मल मिसाएर आलु रोपेको बताइन् । उनी भन्छिन, ‘यो मलसँगै गाई भैसीको र कुखुरको सुली मिसाएर रोप्दा आलु धेरै फल्छ ।

धावा तामाङ भन्छन् करिब ४० हजार रुपैयाँको आलु रोपिसक्यो, अझै रोप्न बाँकी छ । उनले भने, एक जनाले मात्र आलु रोप्न सकिदैन् । पालै पालो गरेर आलु रोप्ने गरेका छौं, करिब ३० जना भएर आलु रोपेका छौं ।

शैलुङगको यस स्थानमा आलु बाहेक अन्य खाद्य बाली मकै, कोदो, फापर, तोरी, गहुँ, हरियो रायको साग, मूला, गाँजर, बन्दा कोपि, काउली लगायत विभिन्न तरकारी उत्पादन हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स