गोठमा आगलागी हुँदा करिब ५ लाख मुल्य बराबरको पशु चौपाया तथा धनमाल जलेर नष्ट

काठमाडौं । बदिर्या जिल्लाको गेरुवा गाउँपालिका ६ पर्सेनिपुर जनकटोल स्थित मुक्त बहादुर बस्नेतको भान्साघर सहित ३ कोठे खरले छाएको कच्चि गोठमा आगलागी भएको छ ।

गोठमा भएको आगलागीबाट १ भैसी, १ भैसीको पाडो, ५ खसीबाख्रा, १६ कुखुरा, १ थान साईकल, १ थान काठको दराज लगायत अन्दाजी ५ लाख मुल्य बराबरको पशु चौपाया तथा धनमाल जली नष्ट भएको छ । भने घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स