काठमाडौं । चन्द्रागिरी हिल्सले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९६.४१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म कम्पनीले ९१ करोड ३४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी ६६ करोड ८९ लाख रुपैयाँ रहेको थियो। कम्पनीको आम्दानी पनि ३६.५४ प्रतिशतले बढेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ९.८५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १.१० रुपैयाँ थियो। कम्पनीले ईपीएसमा ७९५.४५ प्रतिशतको छलाङ मारेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ८४.७२ रुपैयाँ रहेको छ।
चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ २३ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भ ३९ करोड ५५ लाख रुपैयाँले ऋणात्मक थियो।