काठमाडौं । दशौं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलामा विभिन्न देशहरूहरुको सहभागी रहेको छ।
यस मेलामा चीनबाट ४० वटा कम्पनी सहभागी छन् भने ७८ जनाको सहभागीता रहेको छ। चीनबाट नयाँ सवारी साधन विद्युत्का नयाँ पाटपुर्जा साथै, हस्तकला, ईभी (विद्युतीय सवारी साधन), वस्तुगत उत्पादन र विभिन्न प्रविधि सम्बन्धी सामग्रीहरूको प्रदर्शनी छन् ।
व्यापार मेला समितिका अध्यक्ष अन्जन श्रेष्ठले मेलामा कृषि, ऊर्जा, भवन निर्माण, पर्यटन, सूचना प्रविधि, शिक्षा लगायतका विषयमा विशेष स्टलहरू रहेको बताए । मेलामा अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूबीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन सम्बन्धी छलफलहरू समेत गरिने उनले जानकारी दिए।
यो मेलाबाट नेपाली सामाग्रीको गुणस्तर र ब्रह्माण्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भुमिका खेल्ने उनको भनाइ छ।
मेलामा चीनबाट पावर ट्रान्समिशन इक्युपमेन्ट, इलेक्ट्रिकल्स, अटोमोबाइल्स, खाद्य तथा पेय पदार्थ, गार्मेन्ट्स, स्मार्टवाच लगायतका स्टलहरू रहनेछन् भने पाकिस्तान र बंगलादेशबाट लेदर तथा गार्मेन्ट्स सामग्रीहरू पनि प्रदर्शन छन् ।
मेला आईएमई पेको मुख्य प्रायोजनमा आयोजना गरिएको छ भने हेरिटेज कार्पेट सह–प्रायोजकको रूपमा रहेको छ। मेलामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा ५० प्रतिशत छुट दिइएको छ।