‘क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट’को विकास गरिने

काठमाडौं । सरकारले जलवायु परिवर्तन तथा स्वास्थ्य चुनौतीको समाधानको ‘क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट’को विकास गरिने भएको छ । आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेको हो ।

उनले सङ्क्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिने पनि उल्लेख गरे ।

हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रमहरु सञ्चालन गरिने सरकारको योजना रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

हेडलाइन्स