काठमाडौं । सरकारले कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा दिने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।
उनले कृषि क्षेत्रको जुनसुकै विद्यामा उद्यम गर्ने चाहनेलाई भुमि, कृषि सामग्री, बीमा, खरिद सम्झौतालाई बजारको इकोसिस्टम कायम गरिने बताएका छन् ।
कृषि उद्यम गर्नेलाई इकोसिस्टम प्रणलाीमा समेटेर पाइलट परियोजना सुरु गर्ने पनि उनले घोषणा गरे । यस्तै कृषिमा अग्रिम खरिद सम्झौता गरेर बजार सुनिश्चित गर्ने पनि नीति तथा कार्यक्रममा समावेश छ ।