हाथवे इन्भेष्टमेन्टको नाफा ३ करोड ९२ लाख, ईपीएस कति ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.६७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले १० करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.४२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

अघिल्लो आवमा १० करोड ४४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवमा ५ करोड ८३ लाख मात्रै कुल खर्च गरेको छ ।

चैत मसान्तसम्म कम्पनीले १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।

१ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २८ करोड ६२ लाख रुपैयाँ, फेयर भ्यालु रिजर्भमा ५१ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.८५ रूपैयाँ, प्रतिसेयर नेटवर्थ ७८.३३ रूपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०१.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७४०.२७ गुणा कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स