काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर निलम ढुंगानामाले निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु, पुँजीगत खर्च नहुनु जस्ता चुनौती नेपाली अर्थतन्त्रसामू रहेको बताएकी छिन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव कार्यक्रममा ढुंगानाले यस्तो बताएकी हुन् ।
नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु, पुँजीगत खर्च नहुनु जस्ता चुनौती रहेको उनले बताइन् ।
‘हाम्रो वित्तीय पहुच सुधार भएको छ । चालू आर्थिक वर्षबाट सबै स्थानीय तहमा बैंकको शाखा कार्यालय पुगेको छ,’ ढुंगानाले भनिन्, ‘राष्ट्र बैंकले आवश्यक विभिन्न क्षेत्रमा सहुलियतपूर्ण नीति अवलम्बन गर्दै आएको छ ।