काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् ।
शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।
आजै केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । सोही बैठकबाट उनको राजीनामा औपचारिक रूपमा स्वीकृत हुने देखिएको छ ।