झापाको नौ महिनाको पुँजीगत खर्च चार अर्ब एक करोड

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्ष को नौ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख खर्च भएको छ । ‘चालुतर्फ विनियोजित रु १६ अर्ब १४ करोड ६८ लाखमध्य रु ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ’, उनले भने ।

समग्रमा जिल्लाको १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स