काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो गर्ने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमाको घोषणा गर्ने कार्यक्रममा नेपाल मोबिलिटी एक्स्पो गर्ने घोषणा गरेको हो ।
नाइमाले यो एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म संचालन गर्ने भएको छ ।
साथै, आज आयोजित सोहि कार्यक्रम मार्फत नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक रुपमै घोषणा भएको छ ।
यसअघि नै विभिन्न अटो आयातकर्ता कम्पनी मिलेर नाइमा नामक नाफा वितरण नगर्ने कम्पनी स्थापना गरेका थिए जसको औपचारिक घोषणा भने आज भएको हो ।
कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले अटो मोबिलिटी सशक्तीकरणको वकालत गर्ने बताइन् । ‘नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नेछ,’ अध्यक्ष वैद्यले भनिन्, ‘हामी सरकारसँग मिलेर यी उद्देश्य पूरा गर्न काममा लागि पर्ने छौं ।’
नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको र दिगो तथा उद्योग र सरोकारवालाहरूको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ उल्लेख उनले उल्लेख गरिन् ।