काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकले आज एक सूचना जारी गरि साबिककै आकार तथा रंगमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको छ।
यस्ता छन् नोटका विशेषताः
नोटको अग्र भागमाः
१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको
२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको
३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारी रहेको
४. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं लेखिएको
नोटको पृष्ठ भागमा
१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र लेखिएको ।
२. नोटको मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको
३.नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ ए.डी.’ लेखिएको
यस अघि मिति २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सिरिज २०२०) व संकेत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना गरिएकोमा संकेत नं ५ ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।