काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । तीनकुने घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको हो ।
उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो ।
साथै, उनका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।