काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरूमा ठूलो संख्यामा रोजगारी खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्दशनालय, जंगी अड्डाले आज एक सूचना जारी गर्दै ३ हजार ४०१ जनालाई रोजगारी खुलाएको हो ।
योग्य तथा इच्छुक व्यक्तिले आगामी वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।
सेनाले उपत्यका पृतना हेडक्वाटर समेत विभिन्न स्थानका गण, वाहिनी अड्डा, पृतना, गुल्म लगायत प्राविधिकरहवाईरविविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूका लागि समेत आवेदन खुलाएको हो।