सुनको मूल्य हाल सम्मकै उच्च, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ३९ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ९ सय रूपैयाँले बढेर १ लाख ८५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १ हजार ९०५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स