काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।
नगरपालिकाको चैत २१ गते बसेको बैठकले बिस्काः जात्रा ,जिब्रो छेड्ने जात्रा र सिन्दूर जात्रा हर्षोल्लासका साथ मनाउन ३ दिन स्थानीय बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले २०८१ साल चैत्र ३१ गते र २०८२ साल वैशाख २ र ३ गते नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय बिदा दिने गर्ने निर्णय गरेको हो ।