नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्वि हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्वि हुने प्रक्षेपण गरेको छ ।

जुन आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एडीबीको पछिल्लो प्रमुख प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य)ले जनाएको हो ।

त्यस्तै, कुल गार्हस्थ उत्पादको वृद्विदर आगामी आर्थिक वर्ष २०८२/८३ मा भने ५.१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । जुन सरकारले पुँजीगत बजेट कार्यान्वयनमा गर्ने सुधार, पर्यटन र यससँग सम्बन्धित सेवाहरुमा प्रगति तथा यान्त्रिकरण र उन्नत सिंचाई सुविधा तथा अनुकुल मनसुनमा निर्भर कृषि उत्पादकत्व वृद्विबाट निर्देशित हुनेछ ।

चालु आर्थिक वर्ष २०८१/८२मा मुद्रस्फीतिमा कमी आउने छ । मुद्रास्फीति केन्द्रिय बैंकले तोकेको सीमामा रहने अनुमान गरिएको छ । कृषि उपज संकलन राम्रो रहने अनुमान र सबैभन्दा बढी आयात गरिने मुलुक भारतमा मृद्रास्फीति दरमा आएको गिरावटले मुद्रास्फीतिमा कमी आउने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो अर्ध वार्षिक अवधिमा उच्च आयातका बाबजुद रेमिट्यान्स आप्रवाह सुदृढ रहँदा चालु खाता बचत कुल गार्हस्थ उत्पादनको ०.१ प्रतिशत रहने अपेक्षा गरिएको छ । तर आगामी आर्थिक वर्ष २०८२/८३ मा वस्तु र सेवाको आयात उच्च भएपछि चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको २.४ प्रतिशत बराबर रहने प्रक्षेपण रहेको छ ।

त्यस्तै, एडीबीले अमेरिकाको आर्थिक वृद्धि गत वर्षको २.८ प्रतिशतबाट झरेर यो वर्ष २ प्रतिशतमा र आगामी वर्ष १.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

दक्षिण एसियाको आर्थिक वृद्धि गत वर्षको ५.८ प्रतिशतबाट ६ प्रतिशत पुग्ने प्रक्षेपण छ ।

चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि भने बढ्ने प्रक्षेपण एडीबीको छ । ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ ।

 

 

 

 

प्रतिक्रिया

हेडलाइन्स