काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला अदालतमा पेस गरेर कारागार चलान गरेको छ ।
उच्च अदालत तुलसीपुरले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई शुक्रबार राति नै पक्राउ गरेको थियो ।
काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।