काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०र१० लाख दिने भएको छ ।
गत चैत १५ गते भएको प्रदर्शनमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । भने पत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको थियो ।
पोस्टमार्टम रिपोर्ट अनुसार रजकको मृत्यु जलेर भएको र शरीरमा गोली नभेटिएको चिकित्सकले बताएका छन् ।
त्यस्तै, महर्जनको भने शरीरमा एउटा गोली लागेको भेटिएको थियो ।