काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले आज व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालले व्यावसायिक कार्य योजना प्रस्तुत गरेका हुन् ।
उनीहरुको प्रस्तुतीकरणसँगै अब सिफारिस समितिको सिफारिसका आधारमा सरकारले एक जनालाई सीईओ नियुक्त गर्ने छ ।