काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले सेयर संरचना परिवर्तपश्चात संस्थापक समूहको सेयर स्वामित्व ५१.४२ प्रतिशत र सर्वसाधारण समूहको ४८.५८ प्रतिशत कायम भएको छ ।
यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६१.४२ प्रतिशत र सर्वसाधारण समूहको ३८.५८ प्रतिशत कायम थियो ।
कम्पनीको गत कात्तिक १४ गते बसेको २७औं वार्षिक साधारणसभाले सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाल राष्ट्र बैंकले पनि अनुमति दिएपछि कम्पनीले सेयर संरचना परिवर्तन गरेको हो।