काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ।
लघुवित्तको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनहिरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १३.८९३८२ प्रतिशत बोनस सेयर र ०.७३१२५ प्रतिशत नगद लाभांश गरि कुल १४.६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ।