काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु भएको व्यक्ति चितवन खैरहनी गाउँपालिका(२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सबै खैरहनी गाउँपालिका(२ कै रहेको प्रहरीले जनाएको छ ।