नेप्सेको सीईओ पदका लागि आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने म्याद थप भएको छ ।

सीईओ पदका लागि आवेदन दिने अन्तिम मिति फागुन १८ तोकिएको थियो । तर, उक्त अवधिमा ३ दिन सार्वजनिक बिदा परेकाले आवेदन दिने समयावधि लम्ब्याइएको हो । अब इच्छुक आवेदकले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेप्सेको सीईओ पदमा नियुक्तीका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो ।

 

प्रतिक्रिया

हेडलाइन्स