काठमाडौं । सरकारले आगामी २०८२ सालका लागि सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ। मन्त्रीपरिषद्को निर्णयअनुसार विभिन्न चाडपर्व, दिवस तथा क्षेत्रीय विशेषतालाई मध्यनजर गर्दै सार्वजनिक बिदा स्वीकृत गरिएको हो।
बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा शनिबार र अन्य बिदा गरी कुल ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । जसमा ५२ वटा शनिबार र ३६ दिन अन्य सार्वजनिक बिदा रहेका छन् ।
सूची हेर्न यहाँ क्लिक गर्नुस् :
http://rajpatra.dop.gov.np/welcome/book/?ref=25873