सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभाको आब्हान गरेको छ । लाभांश प्रस्ताव सहितको एजेण्डाहरु पारित गर्न साधारण सभा आब्हान गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।
कम्पनीले चैत ८ गते, शुक्रबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको १।२४८९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।