काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत ११ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।
सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ ।
सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २८ गतेसम्म कायम रहने सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।