काठमाडौं । चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत रहेका राजेशकाजी श्रेष्ठले ‘व्यक्तित्व र योगदान’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।
ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशन गरेको पुस्तकलाई प्रधामन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।
२०१८ सालमा काठमाडौंमा जन्मिएका राजेशकाजी २०४६ सालमा कार्यसमिति सदस्य निर्वाचित भई चेम्बरमा प्रवेश गरेका थिए। त्यो बेला उनी २८ वर्षका थिए। सानै उमेरमा चेम्बर प्रवेश गरेका उनले व्यापार र सामाजिक संस्थालाई सँगै दौडाइरहेका थिए।
जसरी व्यवसायमा रफ्तार बढाउँदै गए, त्यसैगरी चेम्बरमा पनि नेतृत्वमा फड्को मार्दै गए। विभिन्न समितिका सभापति, महासचिव, उपाध्यक्ष हुँदै २०५६ सालमा अध्यक्ष निर्वाचित हुन सफल भए। ३८ वर्षकै उमेरमा चेम्बरको अध्यक्ष बन्न सफल भएका राजेशकाजी त्यो बेलाको सबैभन्दा कान्छो अध्यक्ष थिए।
चेम्बर अफ कमर्सका ४ पटकसम्म अध्यक्ष बन्न सफल श्रेष्ठ काठमाडौं पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलबाट आधारभूत शिक्षा हासिल गरेका थिए । उनले उच्च शिक्षा पब्लिक युथ कलेजबाट प्राप्त गरे । तत्कालीन अवस्थामा पब्लिक युथबाट उच्च शिक्षा हासिल गरेका थिए । व्यापारिक पृषठभूमि भएका श्रेष्ठले सानै उमेरदेखि व्यापारतिर हात हाले।
वाणिज्य शास्त्रमा स्नातक गरेपछि उनले पनि व्यापार सुरु गरे। त्यसपछि राजेशकाजीको जीवनले नयाँ मार्ग सुरु भयो । बुबाले कमाएर दिएको पैसामा पढिरहेको ज्यान आफैंले पैसा कमाउने भएपछि एकतहको सफलता हुने नै भयो। बुबाबाट सिकेको सीप र विद्यालयमा पढेको सैद्धान्तिक ज्ञानले श्रेष्ठलाई व्यापारमा पनि श्रेष्ठ नै बनायो।
उनका बुबा रत्नकाजीले भारतका नयाँदिल्ली, कोलकातालगायत ठाउँबाट भारतीय सामान ल्याएर थोक ९होलसेल० मा बेच्थे। त्यो बेला राजेशकाजी भने विभिन्न पसल गएर पैसा उठाएर ल्याउने काम गर्थे । बुबाले पैसा उठाएर ल्याउन लगाउँदा लगाउँदै उनलाई व्यापारप्रतिको मोह बढिसकेको थियो।
साथीभाइसँगको संगतमा राजेशकाजीले सन् १९७८ देखि साथीहरूसँग मिलेर बैंकक, हङकङबाट इलेक्ट्रोनिक सामान ल्याएर बिक्री गर्न थाले। बुबाले प्लास्टिक पाइप, इन्धन राख्ने जर्किन, स्टोभ र स्टेसनरीसमेत ल्याउने गरेका थिए। योसँगै दसैंतिहार का लागिसमेत सामान ल्याउँथे।
राजेशकाजी २०६२ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति सहायकमन्त्री बने। २०६४ सालमा इन्टरनेसनल चेम्बर अफ कमर्स ९आइसिसी० नेपाल र नेपाल(चीन र भियतनाम र रसिया द्वारा राष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष बनेका उनी २०७१ मा पुनः चेम्बर अध्यक्ष निर्वाचित भए।
श्रेष्ठले चेम्बरको नेतृत्व पुनः लिएर विगत सात दशकदेखि ऐतिहासिक नेतृत्व प्रदान गर्दै आएको नेपाल चेम्बर अफ कमर्सको सांगठनिक संरचना २०७४ सालदेखि राजेशकाजीको कुशल नेतृत्वमा महासंघीय स्वरूपमा रूपान्तरण भई मुलुकभरि विस्तार गरे।
उनकै नेतृत्वमा जिल्ला र प्रदेश शाखा विस्तार गरे। राजेशकाजी सिल्क रोड इन्टरनेसनल चेम्बर अफ कमर्स र वल्ड एसोसिएसन अफ मिडियम इन्टरप्राइजेज (वाज्मे) को उपाध्यक्ष, नेपाल लगानी बोर्ड, बोर्ड अफ ट्रेड, निजी क्षेत्र विकास समिति र नेप इन्टरमोडल टान्स्पोर्ट डेभलपमेन्ट बोर्डमा सदस्य समेत थिए ।