काठमाडौं । सशस्त्र प्रहरी बलका सहायक हबलदार सन्तोषकुमार बानियाँ (सिम्याक्स)को नयाँ गीत सार्वजनिक भएको छ ।
गायक बानियाँको तेस्रो गीत ‘भोले बाबा’ माघ २८ गते सोमबार बेलुका ६ बजे यूट्युवबाट सार्वजनिक भएको हो ।
भोले बाबा’ गीतमा शब्द, संगीत, स्वर, भिडियो ईडिटिङ बानियाँ स्वयंमको रहेको छ ।
आउँदै गरेको हिन्दुहरुको महान् चाड शिवरात्रीलाई लक्षित गरेर उक्त गीत सार्वजनिक गरिएको गायक बानियाँको भनाइ छ । उनले शिव भक्तहरुलाई शिवरात्रीमा नचाउनका लागि ‘भोले बाबा’ गीत तयार गरिएको बताए ।
यस गीतले सबै शिव भक्तजनहरुको मन जित्ने उनको विश्वास रहेको छ ।
यस गीतका एरेन्जरमा देव कोईमी, मिक्सिङ मास्टरिङ विक्रम कार्की र क्यामेरा म्यानमा बुद्ध पुटुवार रहेका छन् ।
सन्तोषकुमार बानियाँ हाल सशस्त्र प्रहरी बलमा सहायक हबलदारको रुपमा कार्यरत छन् । बानियाको स्थायी घर काभ्रे धुलिखेल रहेको छ ।
उनी द भ्वाइस अफ नेपाल सिजन-३ का प्रतिस्पर्धी समेत हुन् ।
यसअघि पनि उनले ‘तोङबाको पानी’, लोकपप विद्याको ‘हुन्छ हुन्छ’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन दर्शकहरुले मन पराएका थियो ।
उनले पहिले गाएका गीत जस्तै ‘भोले बाबा’ गीतलाई पनि दर्शकहरुले उत्तिकै माया गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘भोले बाबा’ गीत हेर्नका लागि तलको लिंकमा क्लिक गर्न सकिने छ ।