नेपाल टेलिकमको नाफा २ अर्ब ६३ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल टेलिकम कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ३२.९७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कमपनीको संचालन आम्दानी १७ अर्ब ४९ लाख रुपैयाँ आम्दानी रहेको छ। यो गत आवको सोहि अवधिको तुलनामा १.४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको संचालन आम्दानी १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वित्तीय आम्दानी र अन्य आम्दानी क्रमशः २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ र १३ करोड ९७ लाख रुपैयाँ रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ र सरप्लसमा ७३ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ३.६४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको रिजर्भ र सरप्लसमा ७५ अर्ब ९० करोड ७० लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २९.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ, पीई रेसियो ३०.३३ गुणा रहेको छ।

 

प्रतिक्रिया

हेडलाइन्स