नेपाल टेलिकमको नाफा ६ अर्ब २३ करोड, कुल आय ४२ अर्ब ११ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब २३ करोड खुद नाफा आर्जन गरेको छ। टेलिकमले २१ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ जुन अघिल्लो वर्षको तुलामा केही कमी रहेको छ।

समग्र अर्थतन्त्रका सूचकाइ नकारात्मक रहेको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गरेको छ भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको छ जसले वित्तीय लक्ष्य हासिल गर्न सकिने संकेत गरको छ।

आ।व। ०७९र८० मा कम्पनीले कर तथा शुल्क, दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवं घोतमा कट्टीकर वापत आफ्नो कूल आयको ६४.०३ प्रतिशत अर्थात् २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पुर्याएकोमा समीक्षा अवधि आ।व। ०८०/८१ मा कुल ४१ अर्ब ५९ करोडको योगदान पुर्याएको थियो भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले १० अर्व ८१ करोडभन्दा बढी योगदान गरिसकेको छ।

सेवा विस्तार तथा ग्राहक आधारः

ग्बाइस सेवातर्फः २०८१ मंसिर महिनाको अन्त्यसम्म कम्पनीको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेको छ। यसमध्ये, जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार पीएसटीएन सेवाका ग्राहक ८७ हजार तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन्। २०८१ मंसिर महिनाको तथ्यांक अनुसार भ्वाइस सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत रहेको छ।

प्रतिक्रिया

हेडलाइन्स